सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
३ श्रावण २०८०, बुधबार ११:४६

हेटौंडा|नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।  बुधबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।​

मंगलबार प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सयले बढेर १ लाख १३ हजार १ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*