बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

हेटौंडा टुडे
११ श्रावण २०८०, बिहीबार ११:०६

हेटौंडा । बागमती प्रदेशले आज बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घटेको छ । ११ जेठमा बागमती प्रदेशले भाडादर समायोजन गरेको थयो । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गरेको हो ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार बागमती प्रदेशमा चल्ने लामो रुटको सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन ९ट्रक०मा ३ दशमलव १ प्रतिशत र सिटी बसहरुमा ३ दशमलव २६ प्रतिशतले भाडा घटाइएको हो ।
काठमाडौं उपत्यकामा ७ किलोमिटरसम्म चढ्ने वित्तिकै सार्वजनिक यातायात ९ट्याक्सी बाहेक० ले १९ रुपैयाँ भाडा लिने गर्थ्यो । बिहीबारदेखि भने १ रुपैयाँ घटेर चढ्ने वित्तिकै १८ रुपैयाँ भाडा लाग्ने छ । यस्तै उपत्यकामा ५ देखि १० किलोमिटर दुरीको भाडा २५ रुपैयाँ थियो भने बिहीबारदेखि २४ रुपैयाँ कायम हुनेछ ।

नयाँ भाडा दर अनुसार काठमाडौं–कुरिनटारसम्मको भाडा २ सय ८७ रुपैयाँ कायम हुनेछ । यसअघि २ सय ९४ रुपैयाँ थियो । यसै प्रकारले अन्य रुटहरुको पनि भाडा घट्ने मन्त्रालयले जनाएको छ । ट्याक्सी हकमा भने अघिल्लो भाडादर समायोजन मै घटेकोले अहिलेलाई भाडा नबढाइएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*