चार सयभन्दा बढी घर डुबानमा

हेटौंडा टुडे
२०८० श्रावण २८, आईतवार २१:४९ गते

हेटौडा  । बर्दियाको गुलरिया नगरपालिकामा चार सयभन्दा बढी घरहरु डुबानमा परेका छन् । आइतबार बिहानदेखिको भारी वर्षापछिको बाढीले गुलरिया ५, ८ र ११ वडाका घरहरु डुबाएको हो ।

लरिया ५ स्थित प्रयागपुरमा निर्माणाधीन तटबन्ध अपराहृन बगाएपछि आसपासका दर्जनौं घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

त्यहाँ रहेको थारु संग्रहालय पनि डुबानमा परेको छ । यसैगरी गुलरिया ८ मा बाढी पस्दा डम्पिङ साइड क्षेत्रका घरहरु डुबानमा परेको छ ।

गुलरिया(११ को इन्द्रपुरको दुई दर्जनभन्दा बढी घरमा पानी पसेपछि उनीहरु विस्थापित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*