कागबेनीमा बाढीले पुलसहित १० वटा घर बगायो

हेटौंडा टुडे
२०८० श्रावण २९, सोमबार ०८:२५ गते

हेटौडा । मुस्ताङको कागबेनीमा बाढीले पक्की पुलसहित दश वटा घर बगाएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ४ स्थित कागखोलामा आइतबार राती आएको बाढीले दश वटा घर, निर्माणाधीन पक्की पुल, सडक लगायत संरचना बगाएको छ । बाढीले प्रहरी चौकी, विद्यालय, गुम्बा, पाटीलगायत संरचनामा पनि क्षति पुर्‍याएको छ तेस्त विद्युतका पोलहरु समेत बगाएको छ, र पक्की पुल बगेपछि माथिल्लो मुस्ताङतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । कागबेनीको पक्की पुल बगेपछि माथिल्लो मुस्ताङतर्फको यातायात अवरुद्ध भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*