हेटौडा । मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।चितवनको इच्छाकामना–६ नाम्सीखोला पुलनजिकै पहिरो खसेपछि सोमबार राती करिब ८ बजेबाट सडक अवरूद्व भएको थियो ।
ठूलो पहिरो खसेपछि रातीदेखि हजारौँ सवारी साधन रोकिएका थिए । पहिरो पन्छाएपछि सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
सेयर गर्नुहोस्