चुरियामाई मन्दिर नजिकै बस दुर्घटना, ७ को मृत्यु, १७ घाइते – (नामवलीसहित)

हेटौंडा टुडे
२०८० भाद्र ७, बिहीबार ०८:५२ गते

हेटौडा गए रति बाराको जीतपुर सिमरा उपमहानगरपालिका- २२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना भएको छ । मकवानपुर र बाराको सिमानामा तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । बस दुर्घटनामा मृत्यु हुने मा ६ भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् । मृतक चार महिला र तीन पुरूषको सनाखत भएको छैन । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइते एकजनाको हेटौंडाको चुरेहिल अस्पताल र बाँकीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बिहिबार बिहान दुर्घटना भएको हो । बस चुरियामाई मन्दिर नजिक खोलामा खसेको छ । चालक र सहचालक फरार रहेको र खोजी भइरहेको जनाइएको छ ।

दुर्घटनामा घाईते भएकाहरुको नामावली 

१ .भारत राजस्थान बस्ने बर्ष अन्दाजी ४८ को घनश्याम चतुरबेदी
२ .धनुषा मौवा गा।पा।१८ जनकपुर बस्ने बर्ष अन्दाजी ४१ को घुरन मण्डल
३ .जिल्ला महोत्तरी लोहारपति न।पा।५ बस्ने बर्ष अन्दाजी २६ को जसबेन्दर पासवान
४ . भारत राजस्थान बस्ने।बर्ष अन्दाजी ५३ की माया देबी
५ .भारत राजस्थान बस्ने बर्ष अन्दाजी ३५ को अनिल कुमार
६ .भारत राजस्थान बस्ने।बर्ष अन्दाजी बर्ष ५० को तारा वती चतुरबेदी
७ .भारत राजस्थान बस्ने।बर्ष अन्दाजी ९ की क्रितिका चतुरबेद

८ .भारत राजस्थान बस्ने।बर्ष अन्दाजी ४८ को श्याम लाल माली
९ . भारत राजस्थान बस्ने।बर्ष अन्दाजी ४७ को हरवारी माली को
१०. भारत राजस्थान बस्ने।बर्ष अन्दाजी ७० की चौथी देबी
११ .भारत राजस्थान बस्ने।बर्ष अन्दाजी ७२ को सुरेस चन्द्र चक्रवती
१२  .भारत राजस्थान बस्ने।बर्ष अन्दाजी ६३ को धरम सिंह
१३  .भारत राजस्थान बस्ने।बर्ष अन्दाजी ६० की ईन्दु धाकद
१४ . भारत राजस्थान बस्ने।बर्ष अन्दाजी १६ की गर्बिदा चतुरबेदी
१५ .भारत राजस्थान बस्ने।बर्ष अन्दाजी ५४ को राम कुमार चतुरबेदी
१६ .जिल्ला महोत्तरी जलेश्वर न।पा।बस्ने बर्ष अन्दाजी ३८ को बिहारी मुखीया
१७ .भारत राजस्थान बस्ने बर्ष अन्दाजी ७३ को राम प्रसाद पि

दुर्घटनामा घाईते भएकाहरुको नामावली मृत्यु हुनेहरु नामावली 

१. भारत राजस्थान बस्ने बर्ष अन्दाजी ६७ को बहादुर सिंह
२ .भारत राजस्थान बस्ने बर्ष अन्दाजी ६० की सत्यवती
३ .राजस्थान बस्ने अ।बर्ष ७० को राजेन्द्र चतुरबेदी
४ .भारत राजस्थान बस्ने बर्ष अन्दाजी ६५ की श्रीकान्त चतुरबेदी
५ .भारत राजस्थान बस्ने बर्ष अन्दाजी ६७ की बैजन्ती देवी
६ .भारत राजस्थान बस्ने बर्ष अन्दाजी ६५ की मिरा देबी
७ .जिल्ला महोत्तरी लोहारपटी न।पा। ५ बस्ने बर्ष अन्दाजी ४१ को बिजय लाल पण्डित

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*