हेटौंडा । बाराको जीतपुर सिमरा उपमहानगर -२ सिमरा चोकमा बन भोज खाएर आउदै गरेको बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने क़रीब ४० जना घाइते भएका छन् । शनिवार राति ना ७ ख ४७४९ नम्बरको तारकेश्वर ट्राभल्स बस सिमरा चोकस्थित राष्ट्रिय वाणिज्य बैंक रहेको घरमा ठोक्किएर दुर्घटना भएको हो । घाइतेमध्ये अधिकांश वीरगन्जको गहवाका रहेको बताइएको छ । दुर्घटनामा ज्यान जानेको पहिचान खुलेको छैन्।घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटनाका ११ जना घाइतेको पहिचान र अवस्था खुलेको छ। दुर्घटनामा कलैया उपमहानगरपालिका( २० का वीरबहादुर महतो, वीरगन्ज महानगरपालिका -८ का सुरज साह, सोही ठाँउकी प्रिया गुप्ता, मनिषा साह, सेजल गुरुङ, ललन चौरसिया, राजनकुमार गुप्ता, मोहन साह, कलैया( ६ का प्रसाद गुप्ता, अविनाश गुप्ता र जीतपुरसिमरा( २ का अनिष राई रहेका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिएका छन्।मोटरसाइकललाई बचाउने क्रममा बस अनियन्त्रित भएर दुर्घटना भएको बुझिएको छैन्। घाइतेहरूको हाल सिमरीको अस्पताल र वीरगन्ज स्थित बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।






















