हेटौँडा – ११ मा झुण्डिएको अवस्थामा मन्त्रीको सुरक्षा गार्ड मृत फेला

हेटौंडा टुडे
२०८० कार्तिक २१, मंगलवार १४:२० गते

हेटौँडा हेटौँडामा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मंगलबार बिहान साढे ६ बजेको समयमा हेटौंडा– ११  बनदेवी मन्दिर नजिकै ४५ वर्षीय यम बहादुर सुवेदी रुखमा  झुण्डिएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

मृतक धादिङ जिल्लामा खानीखोला इलाका प्रहरी कार्यालयमा दरवन्दी रहेर हाल बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालकाको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका असइ यम बहादुर सुवेदी झुण्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुवेदीको शव पोष्टमार्टमको लागि हाल हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*