हेटौंडा । चितवनको आरम्भ कलेजमा हेटौंडाका विद्यार्थीलाई छुट दिईने बताएको छ जहा विद्यार्थीहले पढ्दै,कमाउँदै’ गर्न सक्ने छन् चितवनको भरतपुर ११ मा रहेको आरम्भ कलेजले बीएचएम र बीआइएममा अध्ययनमा छुट दिने रहेको जनाएको छ ।
कलेजले बीएचएम र बीआइएम अध्ययनका लागि हेटौंडाबाट जाने विद्यार्थीलाई बिशेष छुट दिने आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना जनाएको हो ।
कलेजले होटल म्यानेजमेन्टको स्नातक ९बीएचएम० र बीआइएमको पढाई सञ्चालन गरिरहेकोले आकर्षक छात्रवृत्तिका साथ पढाईलाई गुणस्तरीय बनाउँदै लगेको र बीएचएम र बीआइएम विद्यार्थीको भविष्य उज्वल हुने र विदेश जाने विद्यार्थीलाई समेत दक्षयता हासिल गर्न यी र यस्ता विषय फलदाई रहेको कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले पत्रकार सम्मेलन मार्फत बताए ।
ूकलेज स्थापनाको वर्षको अवसरमा एक करोड ३१ लाख छात्रवृति दिएको र यस वर्ष पनि २५ जनालाई ५० हजारका दरले छात्रवृति दिने शिवाकोटीले बताए ।
साथै बीएचएमका लागि ७ लाख ५० हजार र बीआइएमाका लागि ६ लाख रुपैयाँ शुल्क निर्धारण गरिएको बताए। पत्रकार सम्मेलनमा पढ्दै कमाउदै भन्ने नारालाई प्राथमिकता राखेको कलेजका करिब २ दर्जन विद्यार्थीले पार्ट टाइम काम पनि गरिरहेको बताइएको छ। पहिलो वर्ष १३१ जनाले अध्ययन गरेका छन् ।