हेटौडा । २०६५ सालबाट हेटौडा १० मा लामो समयदेखि सञ्चालन रहेको शान्ति अप्टिकल सेन्टरले आज बाट आफ्नो शाखालाई बिस्तार गरेको छ । शान्ति अप्टिकलले हेटौंडाको ४ नम्बर वडा अन्तर्गत स्कूलरोडमा आफ्नो शाखा ‘आइ अप्टिक्स’ विस्तार गरेको छ । बुधबार चस्मा पसलको उद्घाटन हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले आफुले सुरु गरेको कुनै पनि कामलाई जबरजस्ती नगरी मन दिल लगाएर गरेमा मात्र सफलता मिल्ने बताउनु भयो ।
बिगत लामो समू देखि मकवानपुर आफु यो पेशामा क्रियासिल रहदै अईरहेका र सबैले आफ्नो कामलाई माया गर्नु भएकाले हेटौडा १० बाट ४ नम्बर वडा स्कुलरोडमा पनि यो सेवा सुबिधा सुरु गरेको शान्ति अप्टिकल र ‘आइ अप्टिक्स’ का सञ्चालक सुदिप ठकुरीले हेटौडा टुडे लाई बताउनु भयो –साथै ठकुरीले बजारमा युवा पुस्ताको देखि पाका उमेर सम्मका मानिसहरुलाई मनपर्ने बिभिन्न प्रकारका फेसनका चलेका ब्राण्ड यहाँ उपलब्ध भएको पनि बताए साथै चाडपर्वलाई लक्षित गरी हरेक चस्मा खरिदमा २० प्रतिशत छुट सुविधा दिइएको उनले बताए । चस्माको पावर जाँच गरेर विक्री गरिने भएकाले आँखा कमजोर भएका मानिसहरुलाई सहजता हुने उनको भनाइ छ साथै अब छिट्टै आखाको चेक जाच पनि बिशेषज्ञ सेवा मार्फत सुरु गरिने बताउनु भयो ।