मकवानपुरगढी – ८ बुढीचौरमा होमस्टे सञ्चालनको सम्भाबना छ : मुख्यमन्त्री लामा

हेटौंडा टुडे
७ मंसिर २०८१, शुक्रबार २१:४१

हेटौंडा ।  मकवानपुरगढी गाँउपालिका वडा नम्बर – ८ बुढीचौरमा होमस्टे संचालनको प्रचुर सम्भाबना रहेको बागमती  प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले बताएका छन् ।  लामाले बुढीचौरमा आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई ल्याउन सकिने पनि बताएका छन् । ऐतिहासिक धार्मिक स्थलको रुपमा रहेको ऋषेश्वर मन्दिर र गुफा क्षेत्रमा निर्माण गरिएको बुद्ध मूर्ति अनावरण तथा प्राण प्रतिष्ठान कार्यक्रमलाई  शुक्रबार सम्कोधन गर्दै मुख्यमन्त्री लामाले बताउनु भएको हो  । साथै  बुढीचौर कृषि र पर्यटनको सम्भाबना  बोकेकाले ठाउलाई  थप विस्तार लैजानु पर्नेमा भएकाले गढी ८ मा   प्रदेश सरकारले साथ दिने बताए ।

सडक सहज भए यहाँ उत्पादन भएका बेमौशमी तरकारी र दुधजन्य वस्तुहरु बजारीकरण गर्न सहज हुने बताए कार्यक्रममा प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले बुढीचौर पर्यटनको प्रचुर सम्भावना बोकेको वडा रहेको बताए । अघिल्लो वर्षहरुमा प्रदेश सरकारले समपूरक अन्तरगत बजेट आइरहेको बताउँदै बुद्ध मूर्तिको वरपरका क्षेत्रमा थप व्यवस्थित गर्न यसै आवमा पर्यटन आयोजनामार्फत ५ लाख रकम प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । उनले आगामी दिनमा खुडेदार पदमार्ग, ऋषेश्वर मन्दिर र गुफाका साथै जीप लाइनका लागि आगामी बजेटमा सम्बोधन गर्ने बताए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बुढीचौरमा ऐतिहासिक धार्मिक स्थल सहित कृषि र पर्यटनको सम्भावना बोकेको वडा रहेको बताए । उनले गाउँपालिकाबाट आव २०८०र०८१ मा १० लाख बजेटबाट बुद्ध मूर्ति निर्माण गरिएको बताए । अझै यसलाई व्यवस्थित गर्नु आवश्यक रहेको बताउँदै होमस्टे, जीपलाइन, पदमार्गलाई व्यवस्थित, अर्गानिक कृषि उत्पादनलाई वृद्धि विकास गर्न आवश्यक रहेको बताए । उनले प्रदेश सरकार समक्ष सडक सञ्जालको समस्याहरुबारे जानकारी दिँदै वडालाई टमाटर उत्पादन पकेट क्षेत्र बनाउने तयारी रहेको बताए ।

८ नम्बर वडाध्यक्ष कुमार सिं घिसिङको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष आइतसिं लो, ६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाई, ७ का वडाध्यक्ष सुर्यबहादुर रुम्बा, पर्यटन आयोजना प्रमुख रोशनकुमार श्रीवास्तव, नेपाली कांग्रेसका नेता आनन्दराम पराजुली, प्रमुख लामा गुरु दावा छेडुप, वडा सदस्यहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*