४५ अंकले बढ्यो सेयर बजार

हेटौंडा टुडे
२०८१ मंसिर २६, बुधबार १५:४४ गते

 हेटौंडा । लगातार एक साता घटेर १०६ अंक गुमाएको नेप्सेले एकैदिन ४५ अंक जोडेको छ। गत साताको बुधबारदेखि निरन्तर घट्दै गएर पाँच कारोबार दिनमा १०५.९९ अंकले घटेको नेप्से परिसूचक आज ४५.८८ अंकले बढ्यो । यसदिन दुई हजार ७१५.७१ बिन्दुमा बजार बन्द भएको छ । अघिल्लो बुधबारदेखि निरन्तर घट्दै गएको नेप्से परिसूचक मंगलबारसम्म दुई हजार ६६९.८२ अंकमा झरेको थियो ।

आज सेन्सेटिभ इन्डेक्स ९.७५, फ्लट इन्डेक्स ३.३९ र सेन्सेटिभ फ्लट इन्डेक्स ३.३८ अंकले बढेको छ भने म्युचुअल फण्डबाहेक १२ उपसमूहको शेयर बढेको छ । आज कारोबारमा आएका २४३ कम्पनीमध्ये २११ कम्पनीको शेयर बढ्दा २९ को घटेको छ भने ३ को स्थिर रहेको छ ।

यसदिन कारोबार रकम पनि सामान्य बढेको छ । मंगलबार ४ अर्ब ४१ करोड १३ लाख रुपैयाँ बराबरको ८७ लाख ६८ हजार ५६६ कित्ता शेयर कारोबार भएकोमा आज ५ अर्ब ५ करोड ६५ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता शेयर खरिदबिक्री भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*