जाडोमा धेरै परफ्युम नलगाउनुस यस्ता छन व्यफाइदा

हेटौंडा टुडे
२९ पुष २०८१, सोमबार १५:५५

धेरै मानिसहरु आफु बास्नादार  भएर हिड्नका लागि परफ्युमको प्रयोग गर्ने गर्दछन । त्यस्तै  शरीरमा फोहोर भए पछि दुर्गन्ध  आउने भएकोले  दुर्गन्धलाई सुगन्धमा बदल्ने काम बास्नादार परफ्युमले गर्ने भएकोले धेरैले प्रयोग गर्दछन। तर त्यही बास्नादार परफ्युम दिनभर छालामा पर्दा शरीरलाई हानि गर्छ ।

कमैलाई थाहा होला, सुगन्ध दिने परफ्युमको अत्याधिक प्रयोगले टाउको दुख्ने, एलर्जी हुनेदेखि छालामा समस्या समेत गर्न सक्छ । किनकी यसमा छालालाई असर गर्ने हानिकारक रसायनहरु मिसाइएका हुन्छन् ।

एक अध्ययनको अनुसार सुगन्धित उत्पादनहरूमा धेरै यौगिक पाइन्छ, जसमा थ्यालेट्स, एल्डीएड्स र आल्मोनियम मुख्य हुन् । यी तत्व भएका  परफ्युम बढी लगाउँदा छालामा एलर्जी, स्तन क्यान्सर, प्रजनन रोग, माइग्रेन र श्वासप्रश्वास समस्याको जोखिम रहन्छ। साथै, यसमा हुने अन्य रसायन  गेरानियोल, युजेनोल, सिट्रोनेलोलले छालाको एलर्जी, पित्त, चिलाउने, दाग बस्ने, चायापोतो आउने र हाच्छिउँ आउने गर्छ ।

कहिलेकाहीँ यी समस्याहरू तुरुन्तै देखिँदैनन् । तर लामो समयसम्म प्रयोग गर्दा छालाको संवेदनशीलता बढाउन सक्छ। परफ्युममा पाइने रसायनले छालामा चिलाउने, दाग बस्ने र छाला सुन्नाउने गर्छ । यसमा पाइने रसायनका कारण छालाको ओसिलोपन कम हुन थाल्छ । फलस्वरुप छालाको बनावट परिवर्तन भइ चाउरीपना छिटो देखिने र छाला पोल्ने समस्या पनि हुनसक्छ ।

छाला सुख्खा हुने गर्दछ । जाडो मौसममा पर्याप्त पानी नपिउँदा डिहाइड्रेसन बढ्छ। डिहाइड्रेसन बढाउने अर्को कारण बढी परफ्युमको प्रयोग गर्नु पनि हो । वास्तवमा परफ्युममा केही मात्रामा मदिराको प्रयोग हुन्छ । जसले छालाको नरमपनालाई कम गरी सुख्खापन बढाउँछ।

एलर्जीको जोखिम बढि हुने गर्दछ । परफ्युमको निरन्तर प्रयोगले आँखा पोल्ने, हाच्छिउँ आउने र चिलाउने समस्या बढ्छ। विशेषत यस्ता उत्पादनमा इथेनोलको मात्रा बढी हुन्छ, जुन सबै उमेरका मानिसहरूका लागि घातक साबित हुन्छ।

भनिन्छ, यसमा पाइने ३४ प्रतिशत सामग्रीहरू शरीरका लागि विषाक्त हुन्छन्।

सूर्यको विकिरणले बढि असर गर्छ ।  बिहान  परफ्युम लगाएर घाममा निस्कँदा छाला पोल्ने र दागधब्बा बस्ने जोखिम पनि हुन्छ। छालामा यूभी किरणको प्रभाव रोक्ने सनस्क्रिनको प्रयोग गर्नेको तुलनामा  नगर्नेमा छिटो  यी समस्या देखिन्छ।

त्यसैले, संवेदनशील छाला भएका मानिसहरूले यसबाट टाढा रहनु पर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*