यस्ता छन शुक्रबार विदेशी मुद्राको विनिमय दर

हेटौंडा टुडे
११ माघ २०८१, शुक्रबार ११:२५

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलरको भाउ २२ पैसाले बढेको छ। आज डलर एकको खरिददर १३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६४ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ। त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज युरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ७३ रहेको छ भने बिक्रीदर १४४ रुपैयाँ ३५ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा यूरोको भाउ २३ पैसाले घटेको छ। बिहिबार यूरो एकको खरिददर १४३ रुपैयाँ ९६ रहेको छ भने बिक्रीदर १४४ रुपैयाँ ५९ पैसामा कारोबार भएको थियो।  उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८२ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८६ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ९४ पैसा तथा बिक्री दर १९ रूपैयाँ ०२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६५ पैसा कायम गरेको जनाइएको छ। उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी आज बेलायती पाउन्ड एक रुपैयाँ १९ पैसाले बढेर यसको खरिदमूल्य १७० रुपैयाँ १५ पैसा र बिक्रीदर १७० रुपैयाँ ८९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। बिहिबार यसको खरिदमूल्य १७० रुपैयाँ ३४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०८ पैसा कायम गरिएको थियो।

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९२ पैसा र बिक्रीमा ९६ रुपैयाँ ३३ पैसा रहेको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८२ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८६ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ९४ पैसा तथा बिक्री दर १९ रूपैयाँ ०२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६५ पैसा कायम गरेको जनाइएको छ। उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रूपैयाँ २० पैसा कायम गरेको छ।

यसैगरी, शुक्रबारको लागि कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*