मकवानपुरको हेटौंडा–३ लाई बालमैत्री वडा घोषणा गरिँदै

हेटौंडा टुडे
१३ माघ २०८१, आईतवार ११:११

 हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ लाई आज बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।

वडाध्यक्ष ढलक बहादुर थापाकाअनुसार, ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–३ ले निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागेको  उनले जानकारी दिएका छन ।

यस वडामा कुल बालबालिका १ हजार ४ सय ९८ जना छन् । जसमा ७९३ बालक र ७०५ बालिका रहेका छन् । उक्त वडामा सामुदायिक र संस्थागत गरि बाल विकास केन्द्रसहित ५ वटा विद्यालयहरु संचालनमा छन् । यसैगरी, १२ वटा बाल समुहहरु र एउटा बाल सञ्जाल रहेको छ । जसमा ३०० जना बालबालिकाहरु आबद्ध छन् ।

हेटौंडाका वडा रहेको उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*