
पुरुषमा महिलाको तुलनामा हृदय रोगको जोखिम बढी हुने गर्दछ। पुरुषको हृदय स्वास्थ्यलाई सुरक्षित राख्न सन्तुलित आहार, नियमित व्यायाम, तनाव व्यवस्थापन र समय समयमा स्वास्थ्य जाँच गराइरहनु आवश्यक हुन्छ। यसका पछाडि जैविक, हर्मोनल तथा जीवनशैलीसँग सम्बन्धित धेरै कारण हुन सक्छन्। सकारात्मक परिवर्तन गरी हृदयलाई स्वस्थ राख्न सकिन्छ।
पुरुषमा हृदय रोगको जोखिम किन धेरै हुन्छ र यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे यस्ता कुरामा ध्यान दिनु पर्दछ ।
पुरुषमा हृदय रोगको जोखिम बढी हुनुका मुख्य कारण हर्मोनल भिन्नता हो। अर्को भनेको हाम्रो जीवनशैलीका भिन्नता हो । पुरुषमा धूम्रपान र मदिरा सेवन गर्ने प्रवृत्ति बढी हुन्छ, जसले हृदय रोगको जोखिम बढाउँछ। चिल्लो खाना, जंक फुड र चिनीको अत्यधिक सेवनले मोटोपन र उच्च कोलेस्ट्रोल बढाउँछ।
त्यसैगरी हामिले हृदय रोग बाट बच्न दैनिक ३० मिनेट साइक्लिङ, दौड वा पौडी खेल्नुपर्दछ । योग र प्राणायामले तनाव कम गर्न र रगतको प्रवाह सुचारु गर्न मद्दत गर्दछ। यसैगरी उच्च रक्तचाप र मधुमेह पुरुषमा सामान्य समस्या मानिन्छ, जसले हृदय रोगको जोखिम बढाउँछ।
हृदय रोगबाट बच्न अपनाउनुपर्ने उपायहरू :
१. स्वस्थ आहार अपनाउनुहोस्
फाइबरयुक्त खाना (तरकारी, फलफूल, साबुत अन्न र दाल) खाने गर्नुहोस्। ओमेगा-३ फ्याटी एसिड (जस्तै माछा, अलसी) र बदामलाई आहारमा समावेश गर्नुहोस्।
नुन र चिनीको मात्रा कम गर्नुहोस्।
२. नियमित व्यायाम गर्नुहोस्
दैनिक ३० मिनेट साइक्लिङ, दौड वा पौडी खेल्नुहोस्। योग र प्राणायामले तनाव कम गर्न र रगतको प्रवाह सुचारु गर्न मद्दत गर्दछ।
३. धूम्रपान र मदिरा सेवन नगर्नुहोस्
धूम्रपानले हृदयका धमनीहरूलाई साँघुरो बनाउँछ। मदिरा सेवनलाई सीमित गर्नुहोस् वा पूर्ण रूपमा त्याग्नुहोस्।
४. तौल नियन्त्रणमा राख्नुहोस्
मोटोपन हृदय रोगको प्रमुख कारण हो, तसर्थ तौललाई स्वस्थ दायरामा राख्नु आवश्यक छ।
५. नियमित स्वास्थ्य जाँच गराउनुहोस्
रक्तचाप, कोलेस्ट्रोल र ब्लड सुगरको नियमित जाँच गराउनुहोस्। यदि रक्तचाप वा कोलेस्ट्रोलको स्तर उच्च छ भने चिकित्सकको सल्लाह लिनुहोस्।

