सोमबार पनि घट्यो सुन मूल्य

हेटौंडा टुडे
१४ माघ २०८१, सोमबार ११:३२

सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घटेको हो ।

आज सुन तोलाको १ लाख ६० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुनको मूल्य तोलामा २ सय रूपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १५ रूपैयाँले घटेर १ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*