बढ्यो सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

हेटौंडा टुडे
१६ माघ २०८१, बुधबार ११:५१

नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ । आज एकै दिन सुनको मूल्य १ हजार ४ सय रूपैयाँ बढेको हो । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ५५ रूपैयाँ तोकिएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*