दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गर्न गृहमन्त्री लेखक हेटौंडा आउने

हेटौंडा टुडे
५ फाल्गुन २०८१, सोमबार १३:११

हेटौंडा । भोलि बाट सुरु हुने  दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गर्न नेपाल सरकारका गृहमन्त्री रमेश लेखक हेटौंडा आउने भएका छन  । निर्माण व्यवसायी संघ, मकवानपुरको आयोजनामा यही फागुन ६ गतेदेखि १८ गतेसम्म हुने महोत्सवको उद्घाटन गृहमन्त्री लेखकले गर्ने निर्माण व्यवसायी संघ, मकवानपुरका अध्यक्ष बालगोपाल कडेँलले बताउनु भयो  ।

हेटौंडा१० टिसिएन चौरमा हुने महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारको बेजोड सांस्कृतिक प्रस्तुती रहने छ । मेलामा  करिब ३ सय भन्दा  बढी स्टल रहने छ । महोत्सवमा बाल उद्यान, विभिन्न खानाको परिकार, खेल्लको लागि अन्य सामाग्रीहरु रहने छ साथै साथै हरेक दिन राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुती रहने छ । र मेला अवधि भर २ दर्जन बढी राष्ट्रिय कलाकारको प्रश्तुती रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*