निर्माण तथा व्यापार महोत्सवमा आज बिहिबार ज्योती मगर आउने

हेटौंडा टुडे
८ फाल्गुन २०८१, बिहीबार ०९:५४

दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हेटौंडा–१० स्थित टिसीएन चौरमा जारी भएको मेलामा आज फागुन ८ गते ज्योती मगर आउने आयोजकले जनाएको छ । जारी महोत्सवमा आज ज्योती मगर सहित लोकगायक नवराज घोरासैनी, रबि रिमाल, विश्वराम कार्की, र मदन बिष्टको प्रस्तुति रहने जनाईएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको भवन जीर्ण भएकोले नयाँ भवन निर्माणका लागि आर्थिक जोहो गर्ने उद्देश्य सहित निर्माण व्यवसायी संघ मकवानपुर र औधोगिक शान्ति नेपाल संस्थाले आयोजना गरेको उक्त महोत्सवमा नविनतम निर्माण उपकरण तथा सामाग्रीहरुको वृहत प्रदर्शनी एवंम विक्री, बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय औद्योगिक उत्पादन तथा सेवाहरुको बृहत प्रदर्शनी एवं विक्रीलगायत करीब ३०० वटा व्यवसायीक स्टलहरु राखिएको छ । महोत्सवको प्रचारप्रसार समितिका संयोजक समेत रहेका संघका उपमहासचिव सुरज बर्तौलाका अनुसार महोत्सवमा हेटौंडा आईडल प्रतियोगिता तथा स्थानीय कलाकारहरुको दैनिक प्रस्तुती समेत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*