सुनको भाउ बढ्यो, चाँदीको घट्यो

हेटौंडा टुडे
२०८१ फाल्गुन ११, आईतवार ११:३२ गते

 हेटौंडा । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । शुक्रवार सुनको भाउ तोलाको एक लाख ७० हजार रुपैयाँमा कारोबार भएकोमा आज बढेर एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ भने आज घटेको छ । चाँदीको भाउ २० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति चाँदीको भाउ तोलाको एक हजार नौ सय ९० रुपैयाँ रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*