घट्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८१ फाल्गुन १५, बिहीबार ११:१५ गते

हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ घटेर सो मूल्य कायम भएको जनाएको छ । महासंघका अनुसार  बिहीबारका लागि सुनको मूल्य  प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ । बिहीबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदी बिहीबार ५ रुपैयाँ बढेर १ हजार ९४५ रुपैयाँ कायम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*