आइतबार सुनचाँदीको मूल्य स्थिर

हेटौंडा टुडे
२०८१ फाल्गुन १८, आईतवार ११:१४ गते

हेटौंडा ।  तिव्र उतारचढाव पछि साताको पहिलो कारोबार दिन(आइतबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार शुक्रबारकै मूल्यअनुसार आज सुनचाँदीको कारोबार भइरहेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ भने चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको छ । यसैगरी, चाँदीको मूल्य पनि निरन्तरजसो नै ओरालोमा छ ।

तिव्र उतारचढावका बिच गत फागुन १३ मा सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च मूल्य हो । तर, त्यसयता भने सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । आइतबारसम्मको मूल्यअनुसार पछिल्लो पाँच कारोबार दिनमै सुनको मूल्यमा ३ हजार २ सय रुपैयाँले घटेको छ ।

आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रति औंश २८५७.९३ डलरमा किनबेच भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*