दुग्ध उत्पादक किसानले मूल्य पाएनन्,किसानहरुको गुनासो

हेटौंडा टुडे
२०८१ फाल्गुन १९, सोमबार १२:०८ गते

हेटौंडा। मकवानपुरका  दुग्ध उत्पादक किसानहरुले सरकारले तोकेको मूल्य नपाएको गुनासो गरेका छन्। भारतीय सीमा क्षेत्रबाट सस्तो मूल्यमा दुग्धजन्य पदार्थ आयात भएपछि यहाँ उत्पादित दूधले उचित बजार मूल्य पाउन नसकेको किसानहरूले आरोप लगाएका छन् । कतिपय किसानहरु गाइ भैसी पालेर दुग्ध बेचेर आफ्ना जिविकोपार्जन गरिरहेका छन। तसर्थ किसानले आफ्नो  दुख र मेहेनत अनुसारको मुल्य नपाउदा अरुकुनै विकल्प नभएकाले सस्तोमा दूध बिक्री गर्न बाध्य भएका छन।

भारतबाट दुग्धजन्य पदार्थ आएपछी यहाँका किसानहरुले निजी क्षेत्रका साना डेरीहरुलाई दूध सस्तोमा बिक्री गरीरहेका छन । दुग्ध सहकारीमा दूध बिक्री गर्दा समयमानै भुक्तानीको समस्याले निजी डेरीहरुलाई दूध बिक्री गर्दा सस्तो मुल्यमा बिक्री गर्नुपरेको किसान हरु बताउँछन् । विकल्प नहुँदा सस्तोमा दूध बिक्री गर्न बाध्य भएको किसान बताउँछन् । दूधको आयात नरोकिँदा निजी डेरीले दूध नलैजाने धम्की दिँदै मूल्य घटाउने गरेका हुन्   अहिले दूध र दुग्धजन्य पदार्थ आयात हुँदा सस्तोमा पाउने भएकाले मकवानपुरका किसान मर्कामा परेका हुन् । विगत ६ महिनादेखिको दूधको भुक्तानी नपाएका किसानलाई आफूले भनेको मूल्यामा दूध नपाए भोलिबाट दूध लिन आउँदिन भन्ने गरेको किसानहरुको गुनासो छ।

अहिले जिल्लाका किसानले लाखौ रुपैयाँ भुक्तानी पाउन सकेका छैनन् । भदौयता दुग्ध विकास संस्थान र निजी कम्पनीबाट दुग्ध उत्पादक किसानले भुक्तानी नपाएका हुन् ।

किसानहरूले सरकारले दूधको उचित मूल्य दिलाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्। उनीहरू भारतीय आयातमा कडाइ गर्न र बक्यौता रकम तत्काल उपलब्ध गराउन सरकारलाई आग्रह गरिरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*