हेटौंडा। नेपाली बजारमा मङ्गलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सय रूपैयाँले बढेको हो । सुन तोलाको १ लाख ६९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २५ रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सेयर गर्नुहोस्






















