खाली पेटमा के खानु राम्रो र के खानु नराम्रो ?

हेटौंडा टुडे
२१ फाल्गुन २०८१, बुधबार १६:४९

खाली पेट स्वस्थकर खानेकुराहरू खानु शरीरका लागि निकै लाभदायक हुन सक्छ। बिहान उठेपछि वा लामो समय खाली पेट रहँदा के खानुपर्छ भन्ने कुरा पाचन प्रणाली, ऊर्जा स्तर, र समग्र स्वास्थ्यमा प्रभाव पार्न सक्छ।खाली पेट स्वस्थ राख्न सही खाना खानु महत्त्वपूर्ण हुन्छ। बिहान खाली पेट यी खानेकुरा खानु राम्रो मानिन्छ:

१. गुनगुना पानी वा कागती पानी (शरीरलाई हाइड्रेट गर्छ)

२. भिजाएको बदाम वा चना (पेटलाई हल्का राख्छ,प्रोटिन र फाइबरले भरपूर हुन्छ)

३. मह मिश्रित पानी (पेट सफा गर्छ,बोसो कम गर्न मद्दत गर्छ,इम्युनिटी बढाउँछ)

४. एप्पल भिनेगर पानी (तौल घटाउन सहयोगी,एसिडिटी कम गर्छ)

५. ओट्स वा चिउरा (फाइबरयुक्त भएकाले पाचन सुधार्छ)

यी थिए खाली पेटमा खान हुने खानेकुराहरु भने खान नहुने पनि हामि चर्चा गर्छौ। जस्तै

१.चिया कफी (पाचनतन्त्रमा हाइड्रोक्लोरिक एसिडको स्राव बढ्न जान्छ । कतिपयको पेटमा दुखाइ पनि सुरु गर्न सक्छ ।)

२. काँचो तरकारी (स्वास्थ्यको लागि हानिकारक छ ।)

३. केरा (शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रा बढ्न जाँदा शरीरमा अनेक समस्या हुन सक्छ ।)

४. चिसो पेय पदार्थ (खाली पेटमा चिसो पेय पदार्थ खानु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ )

५.दही(पेटमा अपचको समस्या बढ्छ ।)

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*