सुनको मूल्य सामान्य बढ्यो

हेटौंडा टुडे
२५ फाल्गुन २०८१, आईतवार ११:०६

हेटौंडा । आइतबार सुनको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो । आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको ५ रुपैयाँले बढेको छ । शुक्रवार १ हजार ९८० रुपैयाँ  कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९८५  रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*