
हेटौडा । मकवानपुरगढी गाउपालिकामा पछिल्लो समय ने क पा एमाले र ने क पा माओवादी पार्टी छोडेर नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नेको लर्को लाग्न थालेको छ । सनिवार नेपाली काँग्रेस मकवानपुर गढी गाउँपालिका कार्यसमितिले आयोजना गरेको अगुवा तथा क्रियाशील सदस्य भेला तथा वनभोज कार्यक्रम दर्जनै व्यक्तिहरु नेपालि कांग्रेस पार्टीमा प्रवेश गरेका छन । भेलामा नेकपा एमालेमा श्रमिक सङ्गठनका नेता शङ्कर प्रसाद न्यौपाने विमल थापा एमाले सीता थापा मगर ने क पा माओवादी, विशाल भुलुन् ,अकल भूलुन ,अशोक भूलुन् ,दीपक भुलुँन ,अपेक्षा डकाल लगायत नेकपा एमाले र माओवादी केन्द्र लगायत अन्य दलबाट दर्जनौँ व्यक्तिहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गाउँपालिका सभापति राजवीर मुक्तानको सभाध्यक्षता तथा नेपाली काँग्रेस बागमती प्रदेश सभापति एवं प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्ययतामा वनभोज कार्यक्रम भएको थियो ।
कार्यक्रममा जिल्ला सभापति बुद्ध लामा, पूर्व सभापति रघु रमण न्यौपाने, जिल्ला सचिव ईश्वर पाठक, महासमिति सदस्य सूर्य बहादुर रुम्बा, क्षेत्र १ का संघीय सभापति दामोदर खनाल, क्षेत्र २ का सभापति लोकबहादुर मुक्तान, क्षेत्र १ का सचिव एवं मकवानपुर गढी गढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान,, क्षेत्र १ ९क० सभापति सुशान्त कुमार श्रेष्ठ, क्षेत्र २ ९क० सभापति खड्ग गोपाली, नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य यति राज सापकोटा, दलित सङ्घका नेतृ पवित्रा विश्वकर्मा, मकवानपुर काठमाडौँ समर्पक समितिका अध्यक्ष तेजप्रसाद घिमिरे, गढी गाउँपालिका सभापति मध्यबाट वडा २ का सभापति रामप्रसाद पुडासैनी, गाउँपालिका तरुण दल अध्यक्ष सानो कान्छा थिङ लगायतले आफ्नो धारणा राखेका थिए

