
हेटौंडा । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेर २७७२ दशमलव १० को विन्दुमा पुगेको छ ।
आइतबार ३१५ कम्पनीका १ लाख १२ हजार ३४७ पटकको कारोबारमा २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ९ करोड ३६ लाख ५४ हजार १२९ रुपैयाँ रहेको छ । २४ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनी घटेका छन् भने २ कम्पनीका मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये सबै राताम्मे हुँदा आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।
कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका छन् ।


सेयर गर्नुहोस्