
हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य सामान्य वृद्धि हुँदै १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको हो। यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।


सेयर गर्नुहोस्