मंगलबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

हेटौंडा टुडे
२७ फाल्गुन २०८१, मंगलवार ११:१२

हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । लगातार दुई दिन झिनो अंकले बढेको सुनको मूल्य तेस्रो कारोबार दिन मंगलबार प्रतितोला ५ सय रुपैयाँले घटेको हो । मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य घटिरहँदा स्थानीय बजारमा चाँदीको मूल्य पनि घटेको छ । महासंघले जनाएअनुसार सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो । मूल्य घटेसँगै मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*