आज नेप्सेमा ३२ अङ्कको गिरावट

हेटौंडा टुडे
२७ फाल्गुन २०८१, मंगलवार १६:३९

सेयरबजार फेरि ३२.२१ अंकले घटेर २७१९.२० विन्दुमा रोकिएको छ। बजार परिसूचक नेप्सेसँगै आज कारोबार रकम पनि ८ अर्ब ३९ करोडमा खुम्चिएको छ। मंगलबार बजारमा ३२ वटा सेयरको मूल्य बढे पनि २०९ वटाको घटेको छ भने ३ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।

महालक्ष्मी विकास बैंक, विन नेपाल लघुवित्तलगायतका सेयरधनीले कमाएका छन् भने नेष्डो लघुवित्त, उन्नति सहकार्य लघुवित्तलगायतका सेयरधनीले धेरै गुमाएका छन्। आज पनि सर्वाधिक कारोबार हिमालयन रि र नेपाल पुनर्बीमाको क्रमशः ५८ करोड र ५३ करोडको भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*