सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

हेटौंडा टुडे
२०८१ चैत्र १५, शुक्रबार ११:०९ गते

 हेटौंडा ।  नेपाली बजारमा शुक्रवार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेको हो । शुक्रवार यससँगै छापावाल सुनको मूल्य तोलामा  १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा१ लाख ७४ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । बिहीबार तोलामा  २ हजार २०रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार २ हजार ४० रुपैयाँ कायम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*