आइतबार सुनको मूल्य हालसम्मकै उच्च

हेटौंडा टुडे
२०८१ चैत्र १७, आईतवार ११:३७ गते

हेटौंडा । नेपाली बजारमा सुनको मूल्यले आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ पुगेको छ। याे मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँ बढी हो।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ घटेर दुई हजार २५ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*