हेटौडा- १६ मा भएको सवारी दुर्घटनामा परि हटियाका बस्ताकोटीको मृत्यु

हेटौंडा टुडे
२०८१ चैत्र २९, शुक्रबार ०७:५४ गते

हेटौडा  १६ गुरुधामचोक स्थित धरानचतरा सडकखण्डमा ठुलोदमारबाट हटिया तर्फ आउदै गरेको बा.प्र.०३-०४ प ९५२६ न.को स्कुटरले पैदल यात्रिलाई ठक्कर दिई घाईते भएका पैदल यात्रीको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सडक दुर्घटनामा परि घाइते भएका अनिरुद्र बस्ताकोटीलाई प्रारम्भिक उपचारको लागी चुरेहिल अस्पताल लागिएको र चुरेहिल अस्पताल बाट थप उपचारको लागि चितवन मेडिकल कलेज रिफर भएको थियो । हिजो दिउसो भएको सडक दुर्घटनामा घाइते बस्ताकोटीको राति ११ बजेर ३० मिनेट जाँदा चितवन मेडिकल कलेजले मृतक घोषणा  गरेको थियो ।

प्रहरीले बा.प्र.०३-०४ प ९५२६ न.को स्कुटरलाई नियन्त्रणमा लिएको छ भने स्कुटर चालक हेटौंडा उपमहानगरपालिका १७ ठुलोगँगटे वस्ने बर्ष अन्दाजी २७ को सन्दिप थापा समेत घाइते अवस्थामा रहेका कारण हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भैरहेको मकवानपुर प्रहरीले जनाएको छ  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*