आज पनि बढ्यो सुनचाँदीको मूल्य

हेटौंडा टुडे
२०८१ चैत्र २९, शुक्रबार ११:४० गते

हेटौंडा ।  नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गर्दै आएको छ। आज एकैदिन ३ हजार ९०० रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार ९०० रुपैयाँले बढेर एक तोलाको सुनको मूल्य १ लाख ८५ हजार पुगेको हो। अघिल्लो दिन बिहीबार एक तोला सुनको मूल्य १ लाख ८१ हजार ३०० रुपैयाँ कायम भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज एक तोला चाँदीको मूल्य १९ सय ५ रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला चाँदी १९ सय रुपैयाँमा कारोबार भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*