सुन-चाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

हेटौंडा टुडे
२०८२ बैशाख २, मंगलवार ११:४८ गते

हेटौंडा । नेपाली बजारमा सुनको मूल्यमा आज  गिरावट आएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १७ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। आइतबार प्रतितोला सुन १ लाख ८६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।

आज सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। प्रतितोला चाँदी १९ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। शुक्रबार एकतोला चाँदी १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*