सुनको मूल्य निरन्तर उकालो, आज पनि बनायो नयाँ रेकर्ड

हेटौंडा टुडे
३ बैशाख २०८२, बुधबार ११:३१

हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २७०० बढेर आज १ लाख ८७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ लाख ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*