आज पनि बढ्यो सुनको मूल्य

हेटौंडा टुडे
४ बैशाख २०८२, बिहीबार ११:२२

हेटौंडा । नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ । निरन्तर वृद्धि हुँदै रेकर्ड बन्दै आएको सुनको मूल्य बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैपटक ३६०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १९६० रुपैयाँ पुगेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*