सुनको मूल्यमा फेरी नयाँ रेकर्ड

हेटौंडा टुडे
८ बैशाख २०८२, सोमबार ११:२१

हेटौंडा । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ। आइतबारकै तुलनामा सोमबार सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*