लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार, कारोबार रकम पनि घट्यो

हेटौंडा टुडे
२०८२ बैशाख ९, मंगलवार १६:१६ गते

सेयर बजार लगातार तेस्रो दिन ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजारले आज पनि सोही दिशालाई निरन्तरता दिएको हो। आज नेप्से परिसूचक ९.९६ अंकले घटेर १६८८.३२ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स ०.८५ प्रतिशतले घटेर ४५१.८९ विन्दुमा पुगेको छ। आइतबार १६.६८ अंकले घटेको नेप्से परिसूचक सोमबार ७ .७५ अंकले घटेर २६९८.२८ विन्दुमा पुगेको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। आज ३१९ स्क्रिप्सको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता सयर ८ अर्ब ३२ करोड  १२ लाख  ८२ हजार  १८८ रुपैयाँमा खरिदबिक्री भए।

सोमबार ८ अर्ब ७७ करोडको सेयर कारोबार भएको थियो। त्यसअघि आइतबार ८ अर्ब ४३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल माइक्रो इन्स्योर‍ेन्सको सेयर १० प्रतिशतले बढ्यो। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९.९८ प्रतिशतले बढ्दा  मकर जितुमाया सुरी हाइड्रोपावरको ७.४७,ग्रिनलाइफ हाइड्रोपावरको ५.३० प्रतिशत र नेपाल रिइन्स्योरेन्सको ४.८३ प्रतिशतले बढ्यो।

यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकको लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो बैंकको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा गद ग्रुप अग्रस्थानमा रह्यो। सो कम्पनीको ४४ करोड ६० लाख मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी हिमालयन पावरको ४० करोड,हिमालयन इन्स्योरेन्सको ३६ करोड,नेपाल रिइन्स्योरेन्स र राधी विद्युतको ३५/३५ करोडको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ८६ स्टक्सको मूल्य बढ्दा १६० वटाको घट्यो। बाँकी १ स्टकको मूल्य स्थिर रह्यो। यसदिन तीन समूहको उपसूचक बढ्दा अन्यको समूहको उपसूचक नकारात्मक देखिएका छन्। होटल्स एण्ड टुरिजम,मनु एण्ड प्रो र अदर्श समूहको उपसूचक सकारात्मक देखिए।  अदर्श समूहको उपसूचक सर्वाधिक २.२१ प्रतिशतले बढ्यो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*