उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज घट्यो

हेटौंडा टुडे
२०८२ बैशाख १०, बुधबार ११:०८ गते

हेटौंडा। साताको चौथो कारोबार दिन (बुधबार) सुनको मूल्यमा  गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ७ हजार ५ सय रुपैयाँले घटेको हो। यससँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । मंगलबार तोलामा १९ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १९ सय ६५ रुपैयाँ कायम भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*