
यही वैशाख १९ देखि प्रदर्शन हुने फिल्म ‘झिल्को’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, बेवास्ताले अभिभावक र सन्तानबीच बढ्दो दूरी जस्ता समस्यामाथि केन्द्रित छ। ट्रेलर विद्यालयमा पढिरहेकी एक बालिकाले मोबाइल फोन लिएर जाँदा शिक्षकको आक्रोश झेल्नुपरेको दृश्यबाट सुरू भएको छ।
फिल्ममा कलाकार आयुषी ढकालले बालिकाको भूमिकामा छिन्। अन्य कलाकार सुनिल पोखरेल, वर्षा शिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठलगायतको अभिनय छ।
डिजिटल उपकरणप्रतिको लतले बालबालिकाको स्वास्थ्यमा पार्ने प्रत्यक्ष असर र अस्पताल भर्ना हुने अवस्था पनि ट्रेलरमा देखिन्छ । फिल्मका निर्देशक यादवकुमार भट्टराई हुन्।

सेयर गर्नुहोस्