
हेटौंडा ।आज सुनको मूल्य तोलामा रू एक हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी २ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


सेयर गर्नुहोस्