हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै, आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार शुक्रबार चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।
सेयर गर्नुहोस्






















