आज सुनको मूल्य फेरी बढ्यो

हेटौंडा टुडे
२०८२ बैशाख २४, बुधबार ११:१३ गते

 हेटौंडा । सुनको मूल्य आज  तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर कारोबार भएको हो। जसअनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा १ लाख ८९ हजार ९०० कायम थियो। यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्य कायम भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*