स्थगित आईपीएल शनिबारदेखि शुरु हुने

हेटौंडा टुडे
२०८२ बैशाख ३०, मंगलवार १३:४४ गते

हेटौंडा । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि शुरु हुने भएको छ । गत शनिबार युद्धविरामको मध्यस्थता पछि पुनः शुरु हुने भएको हो ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी) ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको छ । बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ । बिहीबार रद्द गरिएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि हुने जनाइएको छ ।
क्वालिफायर-१ जेठ १५ गते र इलिमिनेटर जेठ १६ गते  हुनेछ । त्यस्तै, क्वालिफायर-२ जेठ १८ गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*