पति मारेको अभियोगमा पत्नी पक्राउ

हेटौंडा टुडे
२०८२ बैशाख ३०, मंगलवार १७:०२ गते

आफ्नै श्रीमान् ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ परेकी छिन् । बंगलाचुली गाउँपालिका–७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । संगीताले घरायसी विवादको क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*