हेटौंडा । मकवानपुरकाे कैलाश गाउँपालिकामा लागुओैषध नियन्त्रण सम्बन्धी नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे छ । बुधबार गाउँपालिकाको कार्यालय कालिकाटारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा भएको लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो। नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले मकवानपुरको यूवाको भविष्य नभएको बताउँदै अधिकांश दुव्र्यसनीमा फसेको बताएका छन् । दुर्व्यसनमा फसेकाे कारण युवाहरुकाे भविष्य नै अन्याैल बनेकाे भन्दै उनले चिन्ता व्यक्त गरे ।
गाजाँ खेती नियमन गर्ने सम्बन्धी विषयमा विधेयक प्रदेश सरकार र संघीय सरकार दर्ता भएको अवस्थामा खेती गर्नेको संख्या बढ्दै गएकाे उनकाे भनाइ छ । ‘ कैलाश र राक्सिराङमा कच्चा पदार्थ उत्पादन हुन्छ, त्यो भारत पुगेर लाखौं मुल्यमा नेपाल भित्रने गरेको छ ।’ अध्यक्ष मुक्तानले भने ‘हामी स्थानीय सरकारले चेतना अभिवृद्धि मात्रै गर्ने हो, नियन्त्रण गर्ने काम सुरक्षा निकायकाे हाे ।
लागूपदार्थ दुव्र्यसनी सम्बन्धी कार्यक्रमहरु नीति तथा योजनामा समेट्ने अध्यक्ष मुक्तानले बताए ।गाजाँ इलिगल हो, उत्पादन, सेवन र बिक्री गर्न कानून विपरित पर्दछ, प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताईन् । मकवानपुरको कैलाश र राक्सिराङ गाजाँ र अफिमको पहिचानले चिनिने अवस्था छ, त्यसलाई परिवर्तन गर्न गाउँगाउँमा रहेका जनप्रतिनिधिहरुले नै रहेको बताईन् । गाउँको मुहार फेर्ने नै जनप्रतिनिधिले हो, भूगोल अनुरुप कार्य गर्दै लागूपदार्थ गाजाँ र अफिम खेती, विक्री वितरण र सेवनको अन्त्य गरिनुपर्छ, प्रजिअ श्रेष्ठले भनिन् । अन्तरक्रियामा उठेका नागरिकता र राष्ट्रिय परिचयपत्रको गुनासोहरुलाई पनि उनले सम्बोधन गरेकी थिईन् ।
कार्यक्रममा प्रहरी उपरीक्षक विश्वराज खड्काले लागू औषध सम्बन्धी आफ्नो प्रस्तुति दिएका थिए । उनले दुव्र्यसनका चरणहरु, शारिरीक तथा मानसिक असरहरु, यूवाहरुमा परेको असरहरु, ऐनमा उल्लेख भएका विशेषता तथा दण्ड सजायबारे जानकारी दिएका थिए । अफिमबाट बन्ने ब्राउन सुगर प्रयोगकर्ता मकवानपुरमा अन्य जिल्लाभन्दा अग्र स्थानमा रहेको प्रहरी उपरीक्षक खड्काले बताए । चालु आवमा चार हजार तीन सय १७ किलो गाजाँ र २० किलो अफिम बरामद गरिसकेको तथ्याङ्कमा उल्लेख रहेको छ ।
कार्यक्रममा मकवानपुर रिकभरी समूहका अनिल लामाले आफ्ना अनुभव र दुव्र्यसनमा फस्ने किशोर अवस्था र यूवाहरुको दुव्र्यसनको चक्रबारे आफ्नो प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । प्रस्तुती पश्चात वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, वडा ७ का अध्यक्ष उदासकुमार भोलन, वडा ९ का अध्यक्ष भूवन सिं घलान, मणिकलाल मुक्तान, रवीन्द्र थिङ, महेश चेपाङ, राजकुमार चेपाङ, राजेन्द्र थिङले आफ्ना जिज्ञासा राख्नुका साथै नागरिकता तथा राष्ट्रिय परिचयपत्रको विषयमा भनाई राखेका थिए । प्रजिअ श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाअ अध्यक्ष मुक्तानको प्रमुख आतिथ्यता रहेका थिए।














