बहराइन विरुद्ध नेपाल बलिङ गर्दै

हेटौंडा टुडे
२०८२ जेष्ठ १, बिहीबार १२:२८ गते

हेटौंडा । महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज बहराइन सँग खेल्दैछ । टेरथाई ग्राउण्डमा सुरु हुने खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दै छ । बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

समूह चरण पार गर्दै सुपर थ्री मा पुग्ने सम्भावना कायम राख्न नेपालले आज बहराइनलाई हराउनैपर्नेछ । समूह सी मा हङकङ ३ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट नेपाल ३ अंकसहित दोस्रो स्थानमा छ । समूह विजेता मात्र सुपर थ्री मा पुग्ने भएकोले नेपालले हङकङलाई पछि पार्नुपर्नेछ । त्यसका लागि नेपालले आजको खेल जितेर २ अंक जोड्नुपर्नेछ । यस्तै समूहको अन्तिम खेलमा बहराइनले हङकङलाई हराउनुपर्नेछ । यदी नेपाल आज जित्ने र हङकङ र बहराइनबीचको अन्तिम खेल वर्षाका कारण रद्ध भएमा नेपाल र हङकङको समान ५ अंक हुनेछ । यस्तोमा नेटरनरेट निर्णायक हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*